चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1081 of 1109
  • 2026-10-08
  • 21:48:26
  • बिहिबार,आश्विन २२, २०८३

About Author

पाकिस्तानमा बाढी गएर २४ घण्टामा ३६ जनाको मृत्यु

काठमाडौँ– पाकिस्तानमा भारी वर्षापछि उत्पन्न बाढी र पहिरोसँग सम्बन्धित घटनाका कारण पछिल्लो २४ घण्टामा थप ३६ जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन (एनडिएमए) का अधिकारीले जानकारी दिएका छन्। यस प्रकोपमा परी एक हजार नौ सय ४१ जना घाइते भएका पनि ती अधिकारीले जानकारी दिएका छन् । पाकिस्तानको पूर्वी भागमा रहेको पञ्जाब प्रान्त यस भीषण प्रकोपबाट सबभन्दा बढी प्रभावित भएको एनडिएमएले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिइएको छ। यस क्षेत्रमा बाढी र वर्षा सम्बन्धित घटनामा परी १९ जनाको मृत्यु हुनुको साथै एक हजार नौ सय १९ जनाको घाइते भएका एनडिएमए जनाएको छ। त्यसपछि बाढीबाट प्रभावित प्रान्तमध्ये दोस्रो स्थानमा खैबर पाख्तुन्ख्वा रहेको छ। त्यहाँ नौ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। वर्षा र बाढी प्रभावित क्षेत्रमा एक हजार पाँच सय ९१ किलोमिटर सडक र ८१ पुल र तीन वटा पसल क्षतिग्रस्त भएको छ। पाकिस्तानमा यस वर्षको मौसमी वर्षा शुरु भएयता एक हजार एक ६२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन हजार पाँच सय ५४ जना घाइते भएका एनडीएमएनले जनाएको छ। एनडीएमएनका अनुसार यस प्रकोप शुरुभएयता एक लाख १८ हजार दुई ४७ व्यक्तिको उद्धार गरिएको छ । हाल चार लाख ६२ हजार दुई सय ३६ व्यक्ति अस्थाई शिविरमा बस्दै आएका छन्। यस प्रकोपको कारण तीन करोड ३० लाख ४६ हजार तीन सय २९ व्यक्ति प्रभावित भएका जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गर्न एडीएमए, अन्य सरकारी सङ्गठन, गैरसरकारी सङ्गठन र स्वयमसेवकको सहभागिता रहेको जनाइएको छ।

News by पाकिस्तानमा बाढी गएर २४ घण्टामा ३६ जनाको मृत्यु :