३२ लाख ताइवान रकमसहित पक्राउ परेका धावा जेल चलान - Chaitanya News
  • 2026-04-21
  • 11:00:33
  • मंगलबार,बैशाख ०८, २०८३
  • ३२ लाख ताइवान रकमसहित पक्राउ परेका धावा जेल चलान

    ३२ लाख ताइवान रकमसहित पक्राउ परेका धावा जेल चलान

    काठमाडौं– ३२ लाख ताइवान रकमसहित पक्राउ परेका गोरखाको चुमनुब्री–१ का धावा घ्याल्चेन जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले धावालाई राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा पुर्पक्षका लागि कारागार पठाएको हो।

    साउन १८ गते धावालाई प्रहरीले काठमाडौंको तीनचुलीबाट ३२ लाख ताइवान रकमसहित पक्राउ गरेको थियो।

    उनको कोठा खानतलासी गर्दा १७ लाख ५० हजार नेपाली रकम पनि बरामद भएको थियो। धावाविरुद्ध हुण्डीमार्फत् ताइवानबाट रकम पठाएको आरोपमा पक्राउ परेर मुद्दा चलाइएको थियो।

    उक्त मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान गरिएका हुन्। उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।