चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1069 of 1111
  • 2026-10-10
  • 03:08:30
  • शुक्रबार,आश्विन २३, २०८३

About Author

प्रख्यात उपन्यासकार हाविएर मारियसको निधन

काठमाडौं– स्पेनिस उपन्यासकार हाविएर मारिएसको निधन भएको छ। लामो समयदेखि साहित्यतर्फको नोबेल पुरस्कारका बलियो उम्मेदवारका रूपमा ठानिँदै आएका उनको आइतबार ७० वर्षको उमेरमा मड्रिडस्थित घरमै निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी गएको महिनादेखि निमोनियाले ग्रस्त भएका थिए। उनका ‘अल सोल्स’, ‘अ हार्ट सो ह्वाइट’ तथा तीन भागको ‘योर फेस टुमरो’ चर्चित छन्। उनी अनुवादक तथा स्तम्भकार पनि थिए। स्पेनिस प्रधानमन्त्री पेद्रो सान्चेजले मारिएस ‘हाम्रो समयको एक उत्कृष्ट लेखक’ रहेको बताएका छन्। स्पेनिस पत्रकार तथा लेखक रोसा मोन्तेरोले मारिएसको निधनबाट आफू स्तब्ध भएको बताउँदै उनी नोबेल पुरस्कारका लागि हालको स्पेनका उत्कृष्ट उम्मेदवार रहेको उल्लेख गरेकी छन्।

News by प्रख्यात उपन्यासकार हाविएर मारियसको निधन :