चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1083 of 1107
  • 2026-10-07
  • 22:48:10
  • बुधबार,आश्विन २१, २०८३

About Author

ओली सरकारका कारण प्रदेशमा अधिकार पुगेन नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह केपी शर्मा ओली नेतृत्वको सरकारले समयमै नियम कानुनहरु नबनाइदिँदा अहिले प्रदेश सरकारसम्म अधिकार नपुगेको आरोप लगाएका छन्। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेबी सिंहको २७औं स्मृति दिवसको अवसरमा शुक्रवार बिहान शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रममा नेता सिंहले उक्त भनाई राखेका हुन्। नयाँ संविधान कांग्रेसको नेतृत्वमा आयो। कार्यन्यवन गर्ने बेला कम्युनिस्टले म्यान्डेट पायो। तर आवश्यक संघीय कानुन कम्युनिस्ट सरकारले बनाइदिएन, नेता सिंहले भने, जुन अधिकार केन्द्रबाट प्रदेशमा दिनुपर्ने अधिकार, संघबाट र प्रदेशबाट स्थानीय तहमा दिनुपर्ने अधिकार बेलैमा कानुन बनाएर दिएको भए अहिले समस्या आउँदैन थियो नि। संसद भंग गरेपछि उत्पन्न भएको परिस्थिति सम्हाल्न कांग्रेस सरकारमा आएकोले कांग्रेस नेतृत्वको सरकारले अब नयाँ म्यान्डेड लिएर समस्या समाधान गर्ने उनको तर्क थियो। अब फ्रेस म्यान्डेड पाएर कांग्रेसले जिम्मेवार रुपमा सबै समस्याको समाधान गर्छ, नेता सिंहले भने। मुलुकमा अब निर्वाचनको माहोल शुरु भइसकेको उल्लेख गर्दै उनले सरकारले निर्वाचनलाई धाँधलीरहित बनाउन लाग्नुपर्न सुझाव दिए। सिंहले आर्थिक रुपान्तरणका लागि र जनताको जीवन आरामदायी बनाउन कांग्रेस लाग्नुपर्ने सुझावसमेत दिए।

News by ओली सरकारका कारण प्रदेशमा अधिकार पुगेन नेता सिंह :