चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1104
  • 2026-10-07
  • 04:41:53
  • मंगलबार,आश्विन २०, २०८३

About Author

माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्रीको शपथ भोलि

सुर्खेत– नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीले आइतबार राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष राजीनामा दिएका हुन्। माओवादी संसदीय दलको बैठकले सरकारमा सहभागी विष्ट र सिंहलाई फिर्ता बोलाएर रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको थियो। ‘पार्टीको निर्णय अनुसार राजीनामा दिएका हौं,’ विष्टले भने, ‘नयाँ साथीहरुले सरकार सञ्चालन गर्नुहुन्छ, हामीले पार्टी सञ्चालनमा ध्यान दिन्छौं।’ कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका ११ सांसद छन्। उपसभामुख रहेकी पुष्ण घर्तीमगरबाहेक कामी र आचार्यले शपथ खाएपछि सबैजना मन्त्री बन्नेछन्। यो अवधिमा माओवादीले छ महिनाका लागि गैरसांसद हुम्लाका कार्चेन लामालाई पनि मन्त्री बनाइसकेको छ। विष्ट २०७८ मंसिर १४ गते मन्त्री नियुक्त भएका थिए भने सिंह माघ २३ गते मन्त्री नियुक्त भएका थिए। माओवादीले नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ। नयाँ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ खुवाइनेछ।

News by माओवादीबाट सरकारमा सहभागी दुई मन्त्रीले दिए राजीनामा, नयाँ मन्त्रीको शपथ भोलि :