चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 63 of 1107
  • 2026-10-08
  • 07:21:39
  • बिहिबार,आश्विन २२, २०८३

About Author

भोटेकोशी बाढीपीडितको साथमा बीएटी–४० का अधिकृत, उद्धार कोषमा ३ लाख २४ हजारभन्दा बढी

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकको राहत, पुनस्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउन बीएटी–४० का शाखा अधिकृतहरूले आर्थिक सहयोग जुटाएका छन्। बीएटी–४० का अधिकृतहरूले व्यक्तिगत रूपमा आपसमा संकलन गरेको ३ लाख २४ हजार ४ सय ४४ रुपैयाँ ४४ पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्स्थापनाका साथै क्षतिग्रस्त सडक, पुल, जलविद्युत् आयोजना, आवासीय तथा सार्वजनिक संरचनाको पुनर्निर्माणमा राज्यको प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम संकलन गरिएको उनीहरूले बताएका छन्। भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक तथा सम्पर्कविहीनको विवरण अद्यावधिक भइरहेको छ। बाढीले सडक, पुल, जलविद्युत् आयोजना र विभिन्न भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ। विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै बीएटी–४० का अधिकृतहरूले आफ्नै तर्फबाट रकम जुटाएर उद्धार कोषमा सहयोग गरेका हुन्।

News by भोटेकोशी बाढीपीडितको साथमा बीएटी–४० का अधिकृत, उद्धार कोषमा ३ लाख २४ हजारभन्दा बढी :