चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1075 of 1104
  • 2026-10-07
  • 02:46:16
  • मंगलबार,आश्विन २०, २०८३

About Author

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित

हुुम्ला– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित भएका छन। लामा सांस्कृति मञ्च हुम्लाले मुख्यमन्त्री शाहीलाई सम्मानित गरेको हो। मञ्चका सदस्य राजबहादुर लामाले मुख्यमन्त्री शाहीले सामाजिक विकासमा गरेको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको बताए। मुख्यमन्त्री शाहीलाई मञ्चका अध्यक्ष धर्मानन्द लामाले दोसल्ला ओढाएर तथा कदरपत्र प्रदान गरेर सम्मानित गरे। राजनीतिकर्मी भएर धर्म संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान गरेको भन्दै मञ्चले उनलाई सम्मान गरेको उनको भनाइ छ। आफुु सम्मानित भएपछि मुख्यमन्त्री शाहीले आफू मञ्चको अभियानमा साथ रहेको बताए। धर्म र संस्कृति बचाउन सबैको दायित्व भएको बताउँदै मञ्चको अधुरो भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री शाहीले सबै जातजाति मिलेर जिल्लाको विकासका लागि लाग्नुपर्ने बेला आएको बताए। परम्परागत साँस्कृतिलाई बचाउन नयाँ पिँडीका लागि पर्नुपर्ने बताए। सम्मानले आफुसलाई सामाजिक क्षेत्रमा अझ कटिबद्ध भएर लाग्ने प्रेरणा मिलेको उनले बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, प्रमुख जिल्ला अधिकारी सीता परियार, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा, सिमकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष पदमबहादुर लामा लगायतको सहभागिता थियो।

News by कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही सम्मानित :