चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 978 of 1151
  • 2026-11-20
  • 22:06:03
  • शुक्रबार,मंसिर ०५, २०८३

About Author

११ बजे बस्ने भनिएको माओवादीको स्थायी समिति बैठक सर्‍यो

काठमाडौं-  सत्तारूढ नेकपा माओवादी केन्द्रको आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो। बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ। आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ।