११ बजे बस्ने भनिएको माओवादीको स्थायी समिति बैठक सर्‍यो - Chaitanya News
  • 2026-05-11
  • 05:12:16
  • आइतबार,बैशाख २७, २०८३
  • ११ बजे बस्ने भनिएको माओवादीको स्थायी समिति बैठक सर्‍यो

    ११ बजे बस्ने भनिएको माओवादीको स्थायी समिति बैठक सर्‍यो

    काठमाडौं-  सत्तारूढ नेकपा माओवादी केन्द्रको आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ।

    बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भनिए पनि दिउँसो २ बजेका लागि सरेको हो।

    बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा पनि छलफल हुने छ।

    आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ। बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्नेछ।