चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 766 of 1152
  • 2026-11-21
  • 16:57:54
  • शनिबार,मंसिर ०६, २०८३

About Author

कहाँ–कहाँ छ आज भारी बर्षाको सम्भावना ?

काठमाडौँ -  नेपालमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । भोलि (मंगलबार) पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

News by कहाँ–कहाँ छ आज भारी बर्षाको सम्भावना ? :