चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 741 of 1152
  • 2026-11-21
  • 18:47:41
  • शनिबार,मंसिर ०६, २०८३

About Author

पहिरोले खसेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण अवरुद्ध

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार बिहान पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्। पहिरो पन्छाउने क्रम सुरु गरिएको र पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न नसकिने उनले बताए।