चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 739 of 1152
  • 2026-11-21
  • 18:53:36
  • शनिबार,मंसिर ०६, २०८३

About Author

सुन प्रकरणबारे छलफल गर्न रास्वपाले पनि बोलायो संसदीय दलको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ। सुन प्रकरणबारे पार्टीको धारणा बनाउन रास्वपाले संसदीय दलको बैठक बोलाएको हो। आजै बस्ने प्रतिनिधि सभामा सुन तस्करीबारे आधिकारिक धारणा राख्न संसदीय दलको बैठक बोलाइएको रास्वपाले जनाएकाे छ। केही दिन अघि त्रिभुवन विमानस्थलबाट जाँच पास भइ बाहिरिने क्रममा रहेको एक क्विन्टल सुन भन्सार राजश्व विभागले बरामद गरेकाे थियो। यस विषयमा धारणा बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि संसदीय दलको बैठक बोलाएको छ। सुन समातिएपछि पहिलो पटक संसद बैठक बस्न लागेकोले यस प्रकरणमा आज सबै प्रतिपक्षी दलले सरकारबाट जवाफ माग्ने तयारी गरेका छन्।

News by सुन प्रकरणबारे छलफल गर्न रास्वपाले पनि बोलायो संसदीय दलको बैठक :