चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 717 of 1152
  • 2026-11-21
  • 20:37:41
  • शनिबार,मंसिर ०६, २०८३

About Author

डेंगु नियन्त्रणका लागि टोखा नगरपालिकाले थाल्यो सरसफाइ अभियान

काठमाडौं- काठमाडौंको टोखा नगरपालिकाले डेंगु महामारी नियन्त्रणका लागि सरसफाइ अभियान तथा जनचेतना मूलक कार्यक्रम थालेको छ। नगरपालिकाका कर्मचारीहरूको सहभागितामा प्रत्येक शुक्रबार बिहान १० बजेदेखि साढे दश बजेसम्म कार्यालय परिसर तथा टोलटोलमा सरसफाइ गर्न जाने र जनतालाई डेंगुको जोखिमबारे चेतना जागृत गर्ने आफूहरूको उद्देश्य रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताए। आफूहरू नै सरसफाइमा सहभागी हुँदा जनतामा चेतना जागृत हुने विश्वास लिइएको उनको भनाइ छ। 'हामीले सरसफाइ अभियान डेंगु नियन्त्रण गर्न र आँखा पाकेको रोग नियन्त्रण गर्न सञ्चालन गरेका हौं। हाम्रा कर्मचारीहरूले र्‍यालीसहित आफ्नो घर अगाडि रहेको फोहोर व्यवस्थापन गर्न नगरवासीलाई प्रेरित गरिरहनु भएको छ', उनले भने। पानी जमेको ठाउँमा पनि सरसफाइ गर्न नगरपालिकाले अपिल गरेको उनी बताउँछन्। घरको वरपर फोहोर जम्मा हुन नदिन नगरवासीलाई आग्रह गरिएको र यसको प्रमुख उद्देश्य वर्षातको समयमा डेंगुको जोखिमबाट जोगिन सकियोस् भन्ने रहेको उनले बताए। 'वर्षातको समयमा डेंगुको ठूलो जोखिम हुन्छ। यतिबेला देशैभर डेंगुको जोखिम देखिएको छ। बेलैमा जनतालाई सजग गराउन सकिए सम्भावित जोखिमबाट जोगाउन सकिन्छ भन्ने हो,' बिसी भन्छन्। सबै वडा कार्यालय, नगरपालिकाको कार्यालय, स्वास्थ्य संस्था र नगरपालिका अन्तरगतका विभिन्न विद्यालयबाट डेंगुबाट जोगिन सन्देश प्रवाह गरिरहेको उनले बताए। डेंगुबाट बच्नका लागि घर वरपर सफा राख्नुका साथै पानी जम्न नदिनु नै सबैभन्दा बुद्धिमानी हुने बिसीको भनाइ छ। डेंगुका लक्षण देखिने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि उनको आग्रह छ।

News by डेंगु नियन्त्रणका लागि टोखा नगरपालिकाले थाल्यो सरसफाइ अभियान :