चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1098 of 1103
  • 2026-10-06
  • 12:04:19
  • मंगलबार,आश्विन २०, २०८३

About Author

किसानलाई चाँडो मल उपलब्ध गराउन सांसद संग्रौलालको माग

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले किसानलाई चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएकी छिन। मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद डा. संग्रौलाले भनीन “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण गराउन चाहन्छु। भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरिन। सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ। सांसद संग्रौलाले प्रश्न गरिन, “यदि त्यसो हो भने संसद् चलिरहेको छ, सार्वजनिक खरिद ऐन संशोधन गर्न के ले रोकेको छ के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो कि, अरु कुनै कारण छ, जवाफ चाहियो। मलको अभावमा देशभित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ? रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै? गतवर्ष सप्तरीका किसानले रासायनिक मलका लागि आन्दोलन गरेका थिए। गत असारमा धादिङका किसानले दुई ट«क रासायनिक मल सडकमै खोसेका थिए। गत साता मात्रै सरकारले भारत सरकारसँग पाँच वर्षका लागि करिब नौ लाख मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको थियो। बैठकमा नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदीले भारतीय आयल निगमले पेट्रोलियम पदार्थको समायोजनको निम्ति दुई पटकसम्म पत्र पठाउँदासमेत सरकारले ध्यान नदिएकामा चिन्ता व्यक्त गरे। नेकपा (एमाले) का झपटबहादुर रावलले कैलाली जिल्लाका विभिन्न जङ्गलमा रहेका बाघको व्यवस्थापन गर्न सरकारको ध्यनाकर्षण गराए। एमालेका दलबहादुर रानाले भूउपयोग ऐन कार्यान्वयनको माग गरे। सांसद केदार सिग्देलले वर्तमान सरकारले सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्यामा गम्भीर नभएको बन्दै सरकारको ध्यानाकर्षण गराए। उनले भने ,आश्वसन होइन, जनताले लालपूर्जा खोजेका हुन, सुकुम्वासी आयोगको ध्यान त्यतातिर केन्द्रीत होस्, यथाशीघ्र सुकुम्वासी र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरण गराउन सभामुखमार्फत सरकारको ध्यनाकर्षण गराउन चाहान्छु।  

News by किसानलाई चाँडो मल उपलब्ध गराउन सांसद संग्रौलालको माग :