चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 10 of 1104
  • 2026-10-06
  • 16:03:33
  • मंगलबार,आश्विन २०, २०८३

About Author

प्रतिनिधि सभाबाट तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए

काठमाडौँ– प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको उक्त प्रस्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो। बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक २०८३’ र ‘निस्शुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गरेकी थिइन्। सभामुखले निर्णयार्थ प्रस्तुत गरेको उक्त तीनवटै प्रस्तावको पक्षमा सदनका सदस्यहरूले ‘हुन्छ’ भन्दै समर्थन जनाएका थिए भने विपक्षमा कुनै आवाज नआएपछि सभामुखले ती विधेयकहरू सर्वसम्मतिले समितिमा पठाइएको घोषणा गरेका हुन्। यी विधेयकहरू अब सम्बन्धित विषयगत समितिमा विस्तृत रूपमा दफावार छलफलका लागि जानेछन्। समितिले छलफल पश्चात् तयार पारेको प्रतिवेदन पुनः सदनमा पेश गर्नेछ, जहाँ थप प्रक्रियाहरू अगाडि बढ्नेछन्।    

News by प्रतिनिधि सभाबाट तीन महत्त्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए :