चैतन्य सम्बाददाता, Author at Chaitanya News
  • 2026-11-22
  • 16:15:40
  • आइतबार,मंसिर ०७, २०८३

About Author

दुई मन्त्रीदेखि मुख्यसचिवसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा सरकारका दुई मन्त्रीसहित प्रशासनिक, कूटनीतिक, सुरक्षा तथा सञ्चार क्षेत्रका उच्च अधिकारी सहभागी हुने भएका छन्। दुई दिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री शाहको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिमण्डल भारत जाने भएको हो। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल रहेका छन्। त्यस्तै, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असीम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र पनि टोलीमा समेटिएका छन्। प्रशासनिक क्षेत्रबाट मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र सचिव अमृतबहादुर राई तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ भ्रमणमा सहभागी हुनेछन्। यस्तै, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा, निजी सचिव प्रदीप परियार, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेलगायत विभिन्न मन्त्रालय तथा निकायका अधिकारी पनि प्रतिनिधिमण्डलमा छन्। कूटनीतिक तथा प्रशासनिक जिम्मेवारीमा रहेका सहसचिव, उपसचिव, शिष्टाचार अधिकारी र शाखा अधिकृतहरू पनि भ्रमण टोलीमा सहभागी हुनेछन्। दक्षिण एसिया महाशाखा, अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका अधिकारीसमेत टोलीमा समावेश छन्। प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल बलमुकुन्द विष्ट र मेजर सुशील बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक दीपेश बस्याल सहभागी हुनेछन्। त्यस्तै, प्रधानमन्त्रीका सहयोगी सैनिक अधिकृतका रूपमा मेजर रोशन केसी पनि टोलीमा छन्। सञ्चार क्षेत्रबाट गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता तथा नेपाल टेलिभिजनका भिडियोग्राफर सहभागी हुनेछन्। भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका उपशिष्टाचार महापाल प्रेमराज गौतम र क्यानका महानिर्देशक मुकेश डंगोल पनि रहेका छन्। यसरी प्रधानमन्त्रीको भारत भ्रमणमा राजनीतिक नेतृत्वदेखि प्रशासनिक, कूटनीतिक, सुरक्षा र सञ्चार क्षेत्रका प्रतिनिधिको सहभागिता रहने भएको छ।

News by दुई मन्त्रीदेखि मुख्यसचिवसम्म प्रधानमन्त्री शाहको भारत भ्रमण टोलीमा :