टेकु अस्पताल निर्माणका क्रममा स्वास्थ्य सेवा प्रभावित हुनुहुँदैन : मन्त्री गिरी - Chaitanya News
  • 2026-05-02
  • 13:29:48
  • शनिबार,बैशाख १९, २०८३
  • टेकु अस्पताल निर्माणका क्रममा स्वास्थ्य सेवा प्रभावित हुनुहुँदैन : मन्त्री गिरी

    टेकु अस्पताल निर्माणका क्रममा स्वास्थ्य सेवा प्रभावित हुनुहुँदैन : मन्त्री गिरी

    काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल निर्माण गर्ने क्रममा स्वास्थ्य सेवा प्रभावित हुन नहुने बताएका छन्। शुक्रराज ट्रपिल तथा सरुवारोग अस्पतालको ८९ औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री गिरीले ३०० शैय्याको अस्पताल निर्माण गर्दा उपयुक्त स्थानबाट सेवा अगाडि बढाउने प्रबन्ध मिलाउन आग्रह गरेका हुन्।

    अस्थायीरुपमा स्वास्थ्य सेवा अगाडि बढाउन आवश्कताका आधारमा मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ छ। ‘३०० वेडको अस्पताल निर्माण गर्न लागिए पनि यो प्रयाप्त छैन। अझै क्षमता बढाएर ५०० शैय्या पुर्‍याउनुपर्छ,’ उनले भने।

    सन् १९९० को भूकम्प पश्चात्को महामारीमा स्थापना भएको अस्पतलले इतिहासको पानामा नाम लेख्न सफल भएको उनले बताए। २०७६ सालपछि कोरोनाकालमा अस्पतालले सफलतापूर्वक काम गरेको उनको भनाइ छ। ‘महमारीकाकालमा शुक्रराज अस्पतालका स्वास्थ्यकर्मीले उच्च मनोबलकासाथ काम गरी उदारहणीय बन्नुभयो महामारीकालको अग्नि परीक्षामा सफल भए।’