बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता - Chaitanya News
  • 2026-09-07
  • 18:04:54
  • सोमबार,भाद्र २२, २०८३
  • बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

    बालुवाटारमा प्रचण्ड र ओलीबीच भेटवार्ता

    काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

    मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भेटवार्ता भएको हो ।

    भेटका क्रममा निकट भविष्यमा हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

    यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि दुई नेताबीच भेटवार्ता भएको बताइएको छ ।