संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दै - Chaitanya News
  • 2026-05-01
  • 02:02:18
  • बिहिबार,बैशाख १७, २०८३
  • संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दै

    संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दै

    काठमाडौं –  आज संघीय संसद अन्तर्गत दुबै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ ।

    आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम रहेको छ ।

    त्यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश हुने छ ।

    यस्तै शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यसूचि रहेको छ ।