राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय - Chaitanya News
  • 2026-05-01
  • 00:48:15
  • बिहिबार,बैशाख १७, २०८३
  • राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

    राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

    काठमाडौं-  नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।

    उम्मेदवारी दिने निश्चित भए पनि उम्मेदवारको बारेमा भने छलफल नभएको एक नेताले बताए। कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको छ। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवारी दिएको थियो।

    यता प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपति राष्ट्रिय सहमतिमा टुंग्याउनेगरी तयारी अघि बढेको बताएका छन्।