काठमाडौँ– गृहमन्त्री सुधन गुरुङ बिमस्टेकअन्तर्गत आयोजना हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन् ।
गुरुङ नेपाल वायुसेवा निगमको विमानमार्फत आज दिउँसो भारत गएका हुन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत हुने उक्त बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुने कार्यक्रम छ ।
बैठकमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरू पनि सहभागी हुँदै छन् ।