काठमाडौँ– अर्थ मन्त्रालयले राजस्व प्रशासनअन्तर्गतका ८५ जना कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले असोज २३ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवामा २७ जना उपसचिव, १७ जना निर्देशक, २४ जना प्रमुख कर अधिकृत, १३ जना प्रमुख भन्सार अधिकृत र चार जना प्रमुख अनुसन्धान अधिकृत रहेका छन्।
मन्त्रालयको निर्णयसँगै कर प्रशासन, भन्सार व्यवस्थापन तथा राजस्व अनुसन्धानसम्बन्धी निकायमा कार्यरत कर्मचारीहरूको जिम्मेवारी परिवर्तन भएको छ। राजस्व सङ्कलन र प्रशासनिक कार्यसम्पादनसँग जोडिएका यी पदमा गरिएको सरुवालाई अर्थ मन्त्रालयको नियमित कर्मचारी व्यवस्थापनको निर्णयका रूपमा हेरिएको छ।
सरुवा भएका कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा निकायमा खटाइएको छ। को कहाँ सरुवा भए भन्ने विस्तृत विवरण सूचीमा समेटिएको छ।
हेर्नुहोस् सरुवा भएका ८५ कर्मचारीको नामावली र पदस्थापन विवरण।

