फुटसल प्रतियोगिताको क्वालिफायर–१ मा एलायन्स विजयी, सेमी फाइनल प्रवेशको यात्रा अघि बढ्यो - Chaitanya News
  • 2026-10-11
  • 14:47:57
  • आइतबार,आश्विन २५, २०८३
  • फुटसल प्रतियोगिताको क्वालिफायर–१ मा एलायन्स विजयी, सेमी फाइनल प्रवेशको यात्रा अघि बढ्यो

    फुटसल प्रतियोगिताको क्वालिफायर–१ मा एलायन्स विजयी, सेमी फाइनल प्रवेशको यात्रा अघि बढ्यो

    धनगढी- चैतन्य पाठशालामा जारी फुटसल प्रतियोगिताअन्तर्गत क्वालिफायर–१ को खेलमा एलायन्सले सत्यवती एकेडेमीलाई पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ।

    लिग चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै क्वालिफायर चरणमा प्रवेश गरेको प्रतियोगिताको पहिलो खेलमा एलायन्स र सत्यवती एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा एलायन्सले उत्कृष्ट प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पारेको हो।

    क्वालिफायर चरणका खेलसँगै प्रतियोगिता थप रोमाञ्चक बनेको छ। अब क्वालिफायर–३ मा सुदूर भेदा र स्टेपिङ स्टोन तथा क्वालिफायर–४ मा नास्ट र बाल्मिकी आमनेसामने हुनेछन्।

    कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

    प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।

    त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।