धनगढी- चैतन्य पाठशालाको आयोजनामा सञ्चालन भइरहेको चैतन्य इन्टर–स्कुल टिचर्स’ फुटसल टुर्नामेन्ट–२०८३ अन्तर्गत आज भएको लिग चरणको २१औं खेलमा स्टेपिड स्टोनको टिमले चैतन्य टिम बि ले लाई पराजित गर्दै जित हासिल गरेको छ।
स्टेपिड स्टोन र चैतन्य टिम बी बीच भएको खेलमा बीच भएको स्टेपिड स्टोनले ४ गोल गर्दै गेम आफ्नो कक्षामा पारेको हो। चैतन्य टिम बी ले २ गोल बनाएको अवस्थामा स्टेपिड स्टोनले आफ्नो पक्षमा यो खेल राख्न सफल भएको हो।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने स्टेपिड स्टोनका खेलाडी जगदिश जोशी म्यान अफ द म्याच घोषित भएका छन्। उनले खेलभरि उत्कृष्ट खेल कौशल प्रस्तुत गर्दै आफ्नो टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए।
चैतन्य पाठशालाको आयोजनामा भइरहेको प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, भाइचारा, सहकार्य र खेलकुदको भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
कक्षाकोठामा सिकाइने अनुशासन, सहकार्य, सम्मान र सिकाइका मूल्यहरू खेलमैदानमा समेत व्यवहारमा उतार्न सकिने भएकाले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित च्याम्पियनसिप ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई नगद २५ हजार रुपैयाँ, ट्रफी, रजत पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई जनही नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।