सुनधारामा एक युवकले गरे आत्मदाहको प्रयास - Chaitanya News
  • 2026-11-20
  • 14:00:08
  • शुक्रबार,मंसिर ०५, २०८३
  • सुनधारामा एक युवकले गरे आत्मदाहको प्रयास

    सुनधारामा एक युवकले गरे आत्मदाहको प्रयास

    काठमाडौं- काठमाडौंको सुन्धारास्थित सिभिल मलमा आफ्नै शरीरमा पेट्रोल छर्केर एक युवकले आत्मदाहको प्रयास गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार बिहीबार बिहान ११:१५ बजे काठमाडौं महानगरपालिका-१६ बस्ने २१ वर्षीय विसन गुरुङले पेटोल छर्केर आफ्नो शरीरमा आगो लगाएका हुन्।

    सिभिल मलमा एक युवाले पेटोल छर्किएर आत्महत्या गर्न लागेको खबर आएपछि प्रहरी टोली उद्धारका लागि पुगेको थियो।

    गुरुङले पेट्रोल छर्केर आगो लगाएको अवस्थामा स्थानीय र मलका सुरक्षा गार्डले आगो निभाएका थिए। प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले ती युवालाई उद्धार गरी उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुर्‍याएका थिए।

    ट्रमामा उपचार हुन नसकी उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। हालः कीर्तिपुरमा उपचार भइरहेको छ।