संसद बैठक शुरु, यस्तो छ आजको कार्यसूची - Chaitanya News
  • 2026-04-30
  • 21:34:08
  • बिहिबार,बैशाख १७, २०८३
  • संसद बैठक शुरु, यस्तो छ आजको कार्यसूची

    संसद बैठक शुरु, यस्तो छ आजको कार्यसूची

    काठमाडौं- प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

    बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन् ।

    त्यसपछि सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शर्माको प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ ।