लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै - Chaitanya News
  • 2026-04-30
  • 01:44:03
  • बुधबार,बैशाख १६, २०८३
  • लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

    लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै

    काठमाडौं –  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज (बिहीबार) विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने भएका हुन् ।

    एमाले संसदीय दलका नेता समेत रहेका गिरी एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहर सहित गरेर ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
    ८७ सदस्यीय रहेको प्रदेश सभामा विश्वासको मतको लागि ४४ मत आवश्यक पर्छ । मुख्यमन्त्री गिरीलाई ५८ जना सांसदको समर्थन रहेको छ ।