धनगढी: धनगढी उपमहानगरपालिका–४ स्थित धनगढी बसपार्कको मर्मत कार्यका लागि जेडिएन इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालि, बुंगल, बझाङसँग सम्झौता भएको छ।
धनगढी उपमहानगरपालिकाले बसपार्क मर्मतका लागि आह्वान गरेको दरभाउपत्रमा सहभागी कम्पनीहरूमध्ये मूल्याङ्कनपछि जेडिएन इन्जिनियरिङ कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन प्रालिको दरभाउपत्र स्वीकृत भएको हो।
सोही आधारमा उपमहानगरपालिका र उक्त कम्पनीबीच २०८३ असोज ९ गते बसपार्क मर्मत कार्यका लागि सम्झौता गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ।
सम्झौतासँगै धनगढी बसपार्कको आवश्यक मर्मत तथा सुधारको काम अघि बढ्ने भएको छ।