गिलको दोहोरो शतकमा भारतले न्युजिल्याण्डलाई हरायो - Chaitanya News
  • 2026-06-05
  • 08:07:36
  • शुक्रबार,जेठ २२, २०८३
  • गिलको दोहोरो शतकमा भारतले न्युजिल्याण्डलाई हरायो

    गिलको दोहोरो शतकमा भारतले न्युजिल्याण्डलाई हरायो

    काठमाडौँ – शुभमन गिलको दोहोरो शतकको मद्दतले भारतले पहिलो वान डेमा बुधबार न्युजिल्याण्डलाई १२ रनले पराजत गरेको छ । प्रारम्भिक ब्याटर गिलले १९ चौका र नौ छक्काको मदतले १ सय ४९ बलमा २ सय ८ रन बनाए ।

    त्यस प्रदर्शनको आधारमा भारतले पहिले ब्याटिङ गर्दै आठ विकेटमा ३ सय ४९ रन बनायो । जवाफमा न्युजिल्याण्ड ४९.२ ओभरमा ३ सय ३७ रन बनाएर अलआउट भयो ।

    न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ७८ बलमा १ सय ४० रन बनाए । भारतीय बलरमध्ये मोहम्मद सिरिज घातक रहे र उनले ४६ रनमा चार विकेट लिए ।