काठमाडौँ– नेपाली कांग्रेसको उपसभापति र महामन्त्री ३–३ जना हुने भएको छ । सोमबार खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले उपसभापति ३ र महामन्त्री ३ जना हुने टुंगो लगाएको छ।
कांग्रेसको विधानमा हाल २ जना उपसभापति र २ जना महामन्त्री रहने व्यवस्था रहेकामा विधान संशोधन गरेर ३र३ जना पुर्याउन लागिएको छ। केन्द्रीय समिति बैठकले गरेको निर्णय अब राजधानीमा जारी महाधिवेशनको बन्दसत्रले पारित गरेपछि कार्यान्वनमा जानेछ।