सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै - Chaitanya News
  • 2026-04-30
  • 01:44:32
  • बुधबार,बैशाख १६, २०८३
  • सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    सभामुखको निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौँ – प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दिने/नदिनेबारे निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ।

    प्रमुख सचेतक रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवाले बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको जानकारी दिएका छन्।

    बैठकले सभामुखमा अन्य दललाई समर्थन गर्ने कि आफैँ उम्मेदवार बन्ने भन्ने टुंगो लगाउनेछ।

    संसद् सचिवालयले आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ।