1.संयुक्त राष्ट्रसंघको पहिलो विशिष्टिकृत संस्था कुन हो ?
A) World Trade Organization (WTO)
B) Food and Agriculture Organization (FAO)
C) international Labour Organization (ILO)
D) International Telecommunication Union (ITU)
2.नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख कुन हो ?
A.मानदेवकालिन शिलालेख B.दामुपालको शिलालेख
C.साँखु बज्रयोगिनीको शिलालेख D.माथिको कुनै पनि होइन्
3.तल दिइएका कथनहरुको अध्ययन गर्नुहोस् ।
a.अमेरिकी स्वतन्त्रता संग्राम ८ वर्षसम्म चलेको थियो ।
b.रुसी क्रान्तिलाई अक्टोबर क्रान्तिका नामले पनि चिनिन्छ ।
c.प्रथम विश्वयुद्धमा प्रथम आत्मसमर्पन गर्ने देश बुल्गेरिया हो ।
d.अमेरिकाले सन् १९४५ अगष्ट ९ मा नागाशाकिमा खसालेको अणुबमको नाम फ्याटम्यान थियो ।
माथि उल्लेखित कथनहरुमा कुन -कुन कथनहरु सही छन् ।
A. a र b मात्र B. a र c मात्र C. a, b र c मात्र D.a,b,c र d सबै सही
4.रुसी राज्यक्रान्तिको क्रममा बोल्सेभिकको नेतृत्व कसले गरेका थिए ?
A.केरेन्स्की B. लेनिन C.जार निकोलस D.जर्ज लोभ
5.तलका भनाई सम्बन्धमा विचार गर्नुहोस् ।
१.नेपाल सन् १९८८ देखि रामसार कन्भेन्सनको पक्ष राष्ट्र भएको हो ।
२.हाल नेपालमा १० वटा सिमसार क्षेत्रहरु रामसार सूचीमा सूचीकृत छन् ।
३.सन् २०२६ को विश्व सिमसार दिवसको नारा:”Wetlands and Traditional Knowledge:Celebrating Culture Heritage”रहेको छ ।
A. १ गलत २ र ३ सहि B. १ सहि २ र ३ गलत C. सबै सहि D. सबै गलत
6. एक राजाले 8 किली सुन र 2 किलो चाँदीबाट मुकुट बनाउने आदेश दिए । सुनारले केही मात्रामा सुन निकालेर त्यसको ठाउँमा त्यति नै परिमाणमा चाँदी राखेर मुकुट बनाउँदा त्यसको तौल 10 किलो थियो। राजालाई थाहा छ कि पानीमुनिको तहमा सुनको तौलको 1/20 भाग कम हुन्छ भने चॉद्दीकी तौल 1/10 भाग कम हुन्छ । जब मुकुट पानी मुनि तौल गरियो,यो 9.25 किलो थियो भने सुनारले कति सुन चोरे ?
A. 1 किलो B. 2 किलो C. 3 किलो D. 4 किलो
7. केहि बक्सहरुमा, बक्स 1 मा एउटा सेतो कार्ड र दुईवटा कालो कार्ड छ भने बक्स 2 मा एउटा सेतो कार्ड र एउटा कालो कार्ड छ । दुई व्यक्ति P र Q एक खेल खेल्छन् । P ले बक्स 1 बाट अनियमित रूपमा कार्ड उठाउँदछ । यदि P ले सेतो कार्ड भेट्टायो भने, P ले जित्छ र खेल रोकिन्छ। यदि P ले कालो कार्ड फेला पार्छ भने, Q ले. बक्स 2-बाट अनियमित रूपमा कार्ड उठाउँदछ । यदि Q झे. सेतो कार्ड फेला पार्छ भने Q ले जित्छे । Q ले सेतो कार्ड वा कालो कार्ड उठाउँदछ खेल रोकिन्छ भने निम्नमध्ये कुन चाहिँ सही छ ?.
A. यदि P हार्छ भने, Q, ले जित्छ B. यदि Q हार्छ भने, P ले जित्छ C. P र Q दुवैले जित्न सक्छन् D. P र Q दुवैले हार्न सक्छन्
8. दुई जना मानिसहरू एकै चोटि A र B बिन्दुबाट एक-अर्कातिर हिंड्न निस्के, 72 किलोमिटर टाढा पुग्दा, पहिलो व्यक्ति 5 किलोमिटर प्रतिघण्टाको गतिमा हिँड्छ भने दोस्रो व्यक्ति पहिलो घण्टामा 2 किलोमिटर, दोस्रो घण्टामा 21/2 किलोमिटर, तेस्रो घण्टामा 3 किलोमिटर गरी हिड्छ भने तिनिहरुको भेट कहाँ हुन्छ ?
A. 8 घण्टामा B. B भन्दा A को नजिक C. A भन्दा B को नजिक D. A र B को बीचमा
9. आयतको लम्बाई 60% ले वृद्धि गर्दा एउटै क्षेत्रफल कायम राख्न चौडाइ कति प्रतिशतले घटाउनुपर्छ ?
A. 37.5% B. 60% C. 75% D. 120%
10. दुई पाइप A र B क्रमशः 12 मिनेट र 16 मिनेटमा एक ट्यांकी भर्न सक्छन् । यदि दुबै पाइपहरु एकसाथ खोलिएका छन् भने, कति समय पछि, B बन्द गर्नुपर्छ ताकि ट्याकी 9 मिनेटमा भरिन्छ ?
A. 3 मिनेट B. 4 मिनेट C. 4.5 मिनेट D.5 मिनेट
11.‘डेटोटिक लिपि’ को विकास कुन सभ्यतामा भएको थियो ?
A.मिश्रको सभ्यता B.सिन्धुघाँटीको सभ्यता C.युनानी सभ्यता D.मेसोपोटामियाको सभ्यता
12.अफ्रिका महादेशको निम्न समूह I र समूह II बीच जोडा मिलाउनुहोस् र दिइएको संकेतबाट सही उत्तर छनौट गर्नुहोस् ।
a.सबैभन्दा गर्मी हुने क्षेत्र, 1.जायर बेँसी, A) a-1, b-2, c-3, d-4
b.उष्ण घाँसे भूमि, 2.सहारा, B) a-4, b-3, c-1, d-2
c.पानी नै नपर्ने वा ज्यादै कम पानी पर्ने, 3.सभाना, C) a-3, b-2, c-1, d-4
d.भूमध्यरेखीय हावापानीको क्षेत्र, 4.उत्तर पश्चिम अफ्रिका, D) a-4, b-3, c-2, d-1
13.फ्रान्सको राज्य क्रान्तिले विश्व समुदायलाई दिएको प्रमुख योगदान तलका मध्ये कुन हो ?
A.पुनर्जागरण B.कानूनको शासनको अवधारणा
C.आधुनिक प्रजातन्त्रको धारणा D.समानता, स्वतन्त्रता र विश्वबन्धुत्वको भावना
14.सप्तकोशी नदीको सबैभन्दा पश्चिमी भाग भएर बहने नदी कुन हो ?
A.सुनकोशी B.तामाकोशी C.इन्द्रावती D.दुधकोशी
15.दिगो विकास तथा वातावरणको आधारमा जोडा मिलाउनुहोस् ।
समुह–I समुह–II कोड
a. विश्व सिमसार दिवस, 1. February – 2 A) a-1,b-2,c-3,d-4
b. हरित उपभोक्ता दिवस 2. September -28 B) a-2,b-1,c-3,d-4
c. विश्व वन्यजन्तु सप्ताह 3. October -1-7 C) a-1,b-3,c-2,d-4
d. उपभोक्ता अधिकार दिवस, 4. march -15 D) a-3,b-2,c-4,d-1
16.कक्षामा भएका केटाहरूको औसत उमेर 20 वर्ष छ भने केटीहरूको औसत उमेर 18 वर्ष छ । कक्षाका सबै जनाको औसत उमेर कति हुन्छ ?
A. 15 B. 17 C. 16 D. तथ्यांक अपर्याप्त
18.Complete items
mnnopopqrpqrst………………….. 40th letter?
A) x B) y C) w D) t
19.छुटेको मान भर्नुहोस् ।
2, 8, 26, 62, 122, 212, ?
A) 338 B) 340 C) 402 D) 330
20. नमिल्ने कुन छ ?
A) Inch B) Ounce C) Centimeter D) Yard
1. C 11. A
2. B 12. D
3. D 13. D
4. B 14. C
5. A 15. A
6. C 16. D
7. D 17. D
8. D 18. A
9. A 19. A
10. B 20. B
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100