काठमाडौं- राप्रपाका मन्त्रीहरुले शपथ लिएपछि पशुपति मन्दिर दर्शन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री बनेकाहरु राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका आुसार पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आआफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको छ।
श्रेष्ठले फेसबुकमा लेख्दै भनेका छन्, ‘सपथ ग्रहणपछि राप्रपाका नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरु दर्शनका लागि भगवान पशुपतिनाथको मन्दिरतर्फ। त्यसपछि पदबहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको छ।’
उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न गएका हुन्।