सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित - Chaitanya News
  • 2026-05-10
  • 22:01:23
  • आइतबार,बैशाख २७, २०८३
  • सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

    सुदूरपश्चिमको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

    काठमाडौं – सुदूरपश्चिम प्रदेश शभाको सभामुखमा नेकपा माओवादी केन्द्रका भिम बहादुर भण्डारी निर्वाचित भएका छन्। मंगलबार बिहान प्रदेश सभाको बैठकमा भएको निर्वाचनमा २९ मत प्राप्त गरेर भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।

    मतदानमा सहभागी रहेका ५२ प्रदेश शभा सदस्य मध्य भण्डारीको पक्षमा २९ र विपक्षमा २३ मत परेको थियो। भण्डारीको पक्षमा परेको २९ मत सुदूरपश्चिम प्रदेश शभा सदस्य संख्याको बहुमत रहेकाले भण्डारी सभामुखमा निर्वाचित भएको प्रदेश शभा बैठकको अध्यक्षता गरिरहेका जेष्ठ नागरिक शिवराज भट्टले घोषणा गरेका छन्।

    सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तीका ७ र राप्रपाका १ गरी २९ प्रदेश सभा सदस्यले भण्डारीलाई मतदान गरेका हुन्। नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र स्वतन्त्र उम्मेदवार तारा जोशीले विपक्षमा मतदान गरेका हुन्। जेष्ठ नगारिक भट्टले मतदान गरेनन्। ५३ सदस्यिय प्रदेश सभामा सत्ता गठबन्धन दलसँग भएका सबै २९ जना प्रदेश सभा सदस्यले मतदान गरेका हुन्।

    यसैगरी पहिलो चरणमा नेपाली काँग्रेसका तर्फबाट सभामुखका लागी मनोनयन दर्ता गराएका मान बहादुर रावलका लागी मतदान गरिएको थियो। उनको पक्षमा २० र विपक्षमा २८ मत परेको थियो।