विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री - Chaitanya News
  • 2026-05-10
  • 22:01:27
  • आइतबार,बैशाख २७, २०८३
  • विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

    विश्वासको मत दिने दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री

    काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिएका दलहरूसँग छलफल गर्दैछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार छलफल गरेका उनले विश्वासको मत दिएका दलहरूसँग छलफल गर्न आज (मंगलबार) का लागि बैठक बोलाएका हुन् ।

    सभामुख-उपसभामुखमा कांग्रेसलगायत दलसँग सहमति गर्न बैठक बोलाइएको प्रचण्डले बताएका छन् । ‘विश्वासको मत दिने सबै पार्टी र नेताहरूको बैठक छ, त्यसबाट थाहा हुन्छ’, सोमबार आलीसँगको भेटपछि प्रचण्डले भनेका थिए ।
    प्रचण्ड–ओली बैठकले मन्त्रालयको भागण्डासहित सभामुख र उपसभामुख उमेदवारको पनि टुंगो लगाइसकेको छ ।