आज यी प्रदेशमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-09-06
  • 09:04:33
  • आइतबार,भाद्र २१, २०८३
  • आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार, आज देशभरको मौसममा सामान्यदेखि आंशिक बदली रहने छ। हिमाली तथा पहाडी भू–भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थान तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान छ।

    दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    यस्तै, महाशाखाका अनुसार, आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।