भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय - Chaitanya News
  • 2026-09-03
  • 17:03:46
  • बिहिबार,भाद्र १८, २०८३
  • भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

    काठमाडौँ– सरकारले आगामी भदौ २३ गते ‘जेनजेड सहिद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    आज (बिहिवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

    बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको घटनाको स्मरण र सहिदहरूप्रतिको सम्मान स्वरूप भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय भएको बताए।