रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय - Chaitanya News
  • 2026-09-03
  • 16:47:10
  • बिहिबार,भाद्र १८, २०८३
  • रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय

    रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय

    काठमाडौँ– सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति सम्मान व्यक्त गर्दै आगामी भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ।

    आज (बिहिवार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता सस्मित पोखरेलले विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय शोक मनाउन लागिएको बताए।

    बाढीमा परी मृत्युवरण गर्ने व्यक्तिहरूको १३औँ दिनको पुण्यतिथिको अवसर पारेर भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।