यती एयरलाइन्सको आज देशभरको उडान स्थगित - Chaitanya News
  • 2026-04-29
  • 18:25:55
  • बुधबार,बैशाख १६, २०८३
  • यती एयरलाइन्सको आज देशभरको उडान स्थगित

    यती एयरलाइन्सको आज देशभरको उडान स्थगित

    काठमाडौं – हिजो आइतबार) पोखरामा भएको दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज (सोमबार) का लागि तय भएका सबै उडान स्थगित गरेको छ ।

    विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

    आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार उडेको यति एयरको विमान आइतबार पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।