काठमाडौँ– रसुवामा बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, खोजी तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्न थालेको छ। यसैक्रममा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनासम्बन्धी कामलाई एकद्वार प्रणालीबाट अघि बढाउने उद्देश्यले कोषमा प्राप्त सहयोग रकम अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुझ्न थालेका छन्। सोही क्रममा गोर्खा ब्रुअरीले आफ्नो तर्फबाट उक्त रकम हस्तान्तरण गरेको हो।
ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री वाग्लेलाई १० करोड रुपैयाँ बराबरको सहयोग रकम हस्तान्तरण गरेका हुन्।
प्राप्त सहयोगलाई रसुवा बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका कार्यमा परिचालन गरिने जनाइएको छ।