काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भइरहेको छ।
भारतीय स्थल सेनाध्यक्ष सेठसँग प्रधानमन्त्री शाहको भेट केहीबेरअघि प्रधानमन्त्री कार्यालयमा सुरु भएको हो।
भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध तथा सुरक्षा र सैन्य सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, भेटमा उठाइएका विषयबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।
नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष सेठले यसअघि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा कमाण्ड तथा स्टाफ तालिममा सहभागी अधिकृतहरूसँग अन्तरक्रिया गरेका थिए।