दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास व्यापक रूपमा कटौती गर्न ट्रम्पको निर्देशन - Chaitanya News
  • 2026-08-18
  • 12:01:44
  • मंगलबार,भाद्र ०२, २०८३
  • दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास व्यापक रूपमा कटौती गर्न ट्रम्पको निर्देशन

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास व्यापक रूपमा कटौती गर्न ट्रम्पको निर्देशन

    काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्न रक्षा मन्त्रालय (पेन्टागन) लाई निर्देशन दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको अभ्यासमा अमेरिकाको तर्फबाट भइरहेको ठूलो खर्च र यसले दिने सन्देशका कारण आफू सन्तुष्ट नरहेको उल्लेख गरेको हो ।

    ‘दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी हुने विगतको सम्झौताप्रति म खुसी छैन। यी अभ्यासहरू खर्चिला त छन् नै, त्यसको अधिकांश भार अमेरिकाले नै व्यहोर्नुपरेको छ। यसबाहेक, यस्ता अभ्यासले अनुपयुक्त र शत्रुतापूर्ण सन्देश समेत प्रवाह गरिरहेका छन्।’

    यस वर्षको अभ्यास रद्द गर्नका लागि समय घर्किसकेका कारण आगामी दिनमा यसलाई व्यापक रूपमा कटौती गर्न रक्षा सचिव पिट हेगसेथलाई निर्देशन दिएको राष्ट्रपति ट्रम्पले स्पष्ट पारेका छन्।

    यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले इरानको परमाणु निशस्त्रीकरणका लागि अमेरिकाले चालेका कदमहरूमा दक्षिण कोरियाले सहयोग गर्न अस्वीकार गरेको विषयप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।