यतिको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि - Chaitanya News
  • 2026-04-29
  • 18:24:58
  • बुधबार,बैशाख १६, २०८३
  • यतिको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

    यतिको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि

    काठमाडौं- यति एयरलाइन्सको जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि भएको छ। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७२ जना सवार जहाज पोखरामा दुर्घटनाग्रस्त बनेको बताए।

    १०:३३ मा काठमाडौंबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडेको जहाज सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको हो। एएनसी एटीआर ७२ जहाजमा क्याप्टेन कमल केसीले उडाएका थिए। दुर्घटनापछि जहाजमा आगलागी भएको छ। अहिले घटनास्थलमा उद्धारकर्मीहरुले उद्धार कार्य जारी राखेका छन्।