काठमाडौँ– जलवायुजन्य विपद्को पूर्वतयारी तथा जोखिम न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, भू–उपग्रह सूचना र तथ्यांक आदानप्रदानमा क्षेत्रीय सहकार्य गर्ने नेपालको प्रस्तावलाई ५३ देशले समर्थन गरेका छन्। नेपालले भोटेकोशी–त्रिशूली विपत्तिबाट प्राप्त पाठलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै एसिया–प्रशान्त क्षेत्रमा एकीकृत पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा सहकार्य बढाउन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक…