वैशाखयता ४६०८ विपद्का घटना हुँदा २१५ जनाको मृत्यु - Chaitanya News
  • 2026-08-14
  • 11:23:46
  • शुक्रबार,साउन २९, २०८३
  • वैशाखयता ४६०८ विपद्का घटना हुँदा २१५ जनाको मृत्यु

    वैशाखयता ४६०८ विपद्का घटना हुँदा २१५ जनाको मृत्यु

    काठमाडौं– वैशाखयता विपद्का घटनामा परेर २१५ जनाको मृत्यु भएको छ।

    वैशाख १ गतेदेखि २८ गतेसम्मको तथ्यांक अनुसार यो अवधिमा ४६०८ घटना भएका छन्। जसमा २१५ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    प्राधिकरणका अनुसार घटनामा १४२२ जना बेपत्ता भएका छन् भने ५६३८ परिवार प्रभावित भएका छन्।

    यो अवधिमा सबैभन्दा धेरै घटना आगलागीका भएका छन्। १०९० आगलागीका घटना हुँदा २० जनाको मृत्यु भएको छ भने १४६ जना घाइते भएका छन्।

    सर्पदंशका ८९२ घटनामा ६३ जनाको मृत्यु भएको छ भने ८३७ जना घाइते भएका छन्। यस्तै, ८६२ पहिरो गएका छन्। जसमा २४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता र ३५ जना घाइते भएका छन्।

    यो अवधिमा २३७ बाढीसम्बन्धी घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता र १३ जना घाइते भएका छन्। भारी वर्षका कारण पनि ४ जनाको मृत्यु भएको तथ्यांक छ।

    हावाहुरीका ४८० घटनामा १३ जनाको मृत्यु भएको छ भने ६८ जना घाइते भएका छन्। चट्याङसम्बन्धी २३६ घटना हुँदा २५ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन्।

    जनावर आक्रमणका घटना २५७ वटा भएकोमा १८ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन्।