काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम भएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्यांक एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।
अन्य विदेशी मुद्रामध्ये अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा रहेको छ। क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैगरी, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा कायम भएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा रहेको छ।
खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तोकिएको छ।
त्यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा रहेको छ। मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा कायम गरिएको छ। दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८७ पैसा निर्धारण गरिएको छ।
हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ कायम भएको छ। कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २३ पैसा रहेको छ। बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ८६ पैसा तोकिएको छ। त्यस्तै, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा रहेको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने केन्द्रीय बैंकको दरभन्दा फरक हुन सक्ने भएकाले कारोबार गर्नुअघि सम्बन्धित बैंकबाट अद्यावधिक दरबारे जानकारी लिन सकिनेछ।