काठमाडौँ– आज (बिहिवार) अपराह्न १ः १५ बजे संघीय संसद्, राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। बैठक सिंहदरबारमा बस्ने तय भएको छ ।
आजको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।