काठमाडौँ– आज (मंगलबार) दुई वटा संसदीय समितिको बैठक बस्ने तय भएका छन्।
जसअनुसार, बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम छ।
विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ। सो समितिको बैठकमा ‘डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल’ गर्ने कार्यसूची छ।