सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड - Chaitanya News
  • 2026-07-30
  • 14:30:39
  • बिहिबार,साउन १४, २०८३
  • सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

    सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

    काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन्।

    आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको उनको भनाइ थियो।

    ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन। हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो ,’ प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे। यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन।’

    बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको प्रचण्डको भनाइ थियो।

    ‘बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ,’ उनले भने।