संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुने - Chaitanya News
  • 2026-07-28
  • 09:53:50
  • मंगलबार,साउन १२, २०८३
  • संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुने

    संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरूको संसदीय सुनुवाइ हुने

    काठमाडौँ– आज (मंगलबार) संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ। आजको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा.राजीव सुब्बा (काठमाडौँ) को सुनुवाइ गर्ने कार्यसूची छ।

    संवैधानिक परिषद्को गत असार १९ को बैठकले संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको थियो।

    यस्तै, निर्वाचन आयुक्तमा वाग्ले र सुब्बालाई सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ। समितिले यसअघि प्रमुख आयुक्त र आयुक्तविरुद्ध उजुरी आह्वान गरेको थियो।